Comments Add Comment

अनलाइन स्विमिङ लेभल १ को कोर्स शनिबारबाट हुने

१५ साउन काठमाडौं । नेपाल ट्राईयाथलन संघको आयोजना तथा वर्ल्ड कोचेज एकेडेमीको सहयोगमा अनलाइन स्विमिङ लेभल १ कोचिङ कोर्स शनिबारबाट हुने भएको छ ।

श्रावण १७ र १८ गते (अगष्ट १ र २) दुई दिनसम्म संचालन हुने अनलाइन कोर्समा पौडी सम्बन्धी प्राविधिक ज्ञान प्रदान गरिने छ । सिङ्गापुरका प्रशिक्षक युगिन लिले अनलाइनमार्फत प्रशिक्षण प्रदान गर्ने छन् । लि वर्ल्ड कोचेज एकेडेमीका संस्थापक निर्देशक पनि हुन् ।

पौडी प्रशिक्षकहरुमा वैज्ञानिक प्रशिक्षण र पौडी सम्बन्धी प्राविधिक ज्ञानका कारण पौडी खेलाडीमा प्रभावकारी ज्ञान प्रदान गर्न मद्धत पुर्‍याउने कोर्सको उद्धेश्य रहेको छ । कोर्सले प्रशिक्षकहरुमा प्रशिक्षण सम्बन्धी  उच्च ज्ञान प्रदान गर्नुका साथै प्रशिक्षको भूमिका र उत्तरदायित्व, प्रशिक्षण प्रणाली र खेल सम्बन्धी विशेष ज्ञान प्रदान गर्नेछ ।

शिक्षकहरुले प्राप्त गरेका यस प्रकारको ज्ञानले नयाँ खेलाडी उत्पादनमा ठूलो सहयोग पुग्नुका साथै भइरहेका खेलाडीहरुको स्तरवृद्धि गर्न समेत ठूलो सहयोग पुग्ने संघको विश्वास रहेको छ ।

वर्ल्ड कोचेज एकेडेमीले चिन, हङ्गकङ्ग, मलेसिया, इन्डोनेसिया, सिंगापुर र भारतमा सफलतापूर्वक कोर्स संचालन गरिसकेको छ ।

ट्राईयाथलन पौडी, साईक्लिङ्ग र दौडको मिश्रित खेल हो । कोर्समा ट्राईयाथलन संग सम्बन्धित २५ प्रशिक्षकहरुले प्रशिक्षण लिने यसले पौडी र ट्राईयाथलन दुवै खेललाई मद्धत पुग्ने नेपाल ट्राईयाथलन संघका महासचिव युवराज सुनुवारले जानकारी गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment