Comments Add Comment

सगुनको नयाँ फिचर, तपाइँले आफ्नो स्थान लिडर बोर्डमा हेर्नुभयो ?

अब तपाइँले सगुनमा साथीहरुका गतिविधि, कसले सबैभन्दा धेरै स्मार्ट क्वाइन कमायो, को उत्कृष्ठ स्थानमा छ र स्मार्ट क्वाइन कमाउनेमध्ये तपाइँको  स्थान कहाँ छ  भनेर पछिल्लो २४ घण्टाको अबस्था लिडर बोर्डमा हेर्न सक्नु हुने भएको छ ।

सगुनले स्थापनादेखि  प्रयोगकर्ताहरूलाई बिभिन्न फरक खालका आश्चर्यजनक सुविधाहरु उपलब्ध गराउँदै आएको छ । स्मार्ट सिक्काको अवधारणा होस् वा पहिचान नखुलाइ पोष्टिङ गर्ने सुविधा होस् सागुनले आफूलाई फरक ब्रान्डका रुपमा स्थापित गर्दै लगेको छ ।

यसले आफ्ना प्रयोगकर्ताहरूलाई अरु चल्तिका कुनै सोसियल नेटवर्कले नदिएका अद्भूत सुविधा प्रदान गर्दै आएको छ । सगुनले अहिले फेरि दुई वटा रोमाञ्चक सुविधाहरू थप गरेको छ । यसका प्रयोगकर्ताहरूले ती सुविधा प्रयोग गरेर रमाइलो अनुभव गर्नेछन् ।

स्मार्ट सिक्का लिडरबोर्ड

सगुन प्रयोगकर्ताहरुलाई प्लेटफर्ममा आफ्नो कथा (स्टोरी) पोष्ट मात्र गर्ने हैनयसमा सक्रिय भएको बेला कमाउन पनि सकिन्छ भन्ने थाहा छ ।

लिडरबोर्डले आफ्नो कुन साथीले धेरै स्मार्ट क्वाइन कमाइरहेको छ भनेर देखाउँछ । प्लेटफर्ममा यस सुविधाका २ खण्डहरू छन् । ग्लोबल र पछिल्लो २४ घण्टा ।

ग्लोबलले यसको प्रयोगकर्ताहरूलाई आफूले अहिलेसम्म कमाएको सिक्काको हिसाबले आफ्नो श्रेणी हेर्न अनुमति दिन्छ । दोस्रोले प्रयोगकर्तालाई चौबीस घण्टामा कमाएको स्मार्ट क्वाइन कुन श्रेणीमा छ भन्ने अद्यावधिक गराउँछ ।

पहिलो सेक्सन अद्यावधिक रहनेछ । एक प्रयोगकर्ताले स्मार्ट सिक्का कमाईको सन्दर्भमा अरूलाई भेट्न थाल्छ । दोस्रो भागले प्रत्येक २४ घण्टाको कमाई देखाउनेछ ।

सगुनले आफ्ना प्रयोगकर्ताहरूलाई २५००० स्मार्ट क्वाइन कमाएपछि त्यसलाइ साट्न (रिडिम) गर्न अनुमति दिन्छ । धेरै प्रयोगकर्ताहरूले छोटो अवधिमा २५००० स्मार्ट क्वाइन पुर्याउन गाह्रो छ भन्ने ठान्छन् ।

तर, लिडरबोर्डले सयौं प्रयोगकर्ताहरूको सूची देखाउँदछ । जसले छोटो अवधिमा हजारौं स्मार्ट सिक्का कमाएका छन् । र उनीहरुले हरेक दिन रिडिम गरिरहेकै छन् ।

हाम्रा अहिलेसम्म धेरै स्मार्ट क्वाइन कमाउने उत्कृष्ट तीन स्थानमा रहेका प्रयोगकर्ताहरुमा रविन श्रेष्ठ (१२ लाख स्मार्ट क्वाइन), राम गौमत (८ लाख) र भुपेन्द्र (६लाख) छन् ।

त्यसैले यो चाखलाग्दो सगुनको विशेषताको अनुभव गर्नुहोस् र साथीहरुलाई पनि सेयर गर्नुहोस । यदी लिडर बोर्डमा तपाइँले आफ्नो नाम देख्नु भएन भने तपाइँ पछिल्लो २४ घण्टामा सगुनमा सक्रिय हुनुहुन्न भन्ने देखाउँछ । त्यसैले सक्रिय भएर हरेक घण्टा कमाउनुहोस् । तपाइँ अर्को उत्कृष्ठ ३ मा पर्न सकिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment