Comments Add Comment

राखेप सदस्यमा रानाभाट र निरौलासहित ६ जना मनोनीत

१५ साउन, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्यमा  ६ जना मनोनीत भएका छन् ।  युवा तथा खेलकुद मन्त्रि जगत बहादुर सुनार विश्वकर्माले बिहीबार खेलकुदको विभिन्न क्षेत्रबाट ६ जनालाई राखेप सदस्यमा मनोनीत गरेका हुन् ।

नयाँ खेलकुद ऐन कार्यान्वयनमा आएपछि राखेपमा पनि सदस्यहरु नियुक्त गर्ने प्रकिया सुरु भएको हो । मन्त्री विश्वकर्माले २०७७ को दफा ३ उपदफा २ (थ) अनुसार खेलकुद विज्ञ, खेलकुद प्रशिक्षक, खेलकुद प्राविधिक वा एन्टी डोपिङ विज्ञमध्यबाट रिम राना भाट र इन्दिरा निरौलालाई सदस्यमा मनोनीत गरिएको छ।

यस्तै, दफा ३ उपदफा २ (ढ) अनुसार सम्बन्धित राष्ट्रिय खेल संघको सिफारिसमा अर्जुन केसी, सम्पन्न श्रेष्ठ र सुवास श्रेष्ठलाई मनोनित गरेको छ।

सोही उपदफाको (त) बमोजिम परम्परागत साहसिक तथा पर्यटकीय खेल क्षेत्रको प्रतिनिधित्व हुनेगरी गोविन्दप्रसाद भट्टराईलाई मन्त्री विश्वकर्माले मनोनयन गरेका हुन् ।

साथै अन्य क्षेत्रबाट प्रतिनिधित्व गर्ने सदस्यहरुको मनोनयनलाई पूर्णता दिइने मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

रिम रानाभाट र इन्दिरा निरौला यसअघि राखेपको सदस्य सचिव सिफारिस समितिमा खेलकुद विज्ञको रुपमा थिए ।

त्यही समितिले सिफारिस गरेको तीन जनामध्ये एक जना रमेश कुमार सिलवाललाई नेपाल सरकारले सोमबार सदस्य सचिवमा नियुक्त गरेको थियो । यस्तै शिव कोइरालाई सरकारले राखेपको उपाध्यक्षमा मनोनित गरेको छ । सिलवाल र कोइरालाले बुधबार सपथ ग्रहण गर्दै त्रिपुरेश्वरस्थित राखेपमा पदभार ग्रहण समेत गरिसकेका छन् ।

युवा तथा खेलकुदमन्त्री अध्यक्ष रहेको परिषदमा खेलकुद मन्त्रालयका सचिव र मन्त्रालयका खेलकुद महाशाखा प्रमुख पनि सदस्यको रुपमा रहनेछन् ।

नयाँ ऐन अनुसार ३७ सदस्यीय राखेप सदस्यमा अहिलेसम्म ११ जना पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment