+
+
Shares

लगानी बोर्डको सीईओ नियुक्ति प्रक्रियाबाट बाहिरिए ज्ञवाली

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १६ गते १८:२२

१६ साउन, काठमाडौं । लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत नियुक्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा गठित सिफारिस समितिले सीईओ नियुक्तिका लागि शुक्रबार अन्तरवार्ता लिएको छ ।

सीईओका लागि १२ जनाको आवेदन परेको थियो । जसबाट ६ जनाको नाम सर्टलिस्ट गरिएको थियो । जसमा चण्डिका भट्ट, रामकृष्ण खतिवडा, डा. सरोज कोइराला, दीपकराज जोशी, सुशील भट्ट र सुशील ज्ञवाली थिए । तर शुक्रबारको अन्तरवार्तामा राष्ट्रिय पुननिर्माण प्राधिकरणको सीईओ रहेका ज्ञवाली भने उपस्थित भएनन् ।

ज्ञवाली निकट श्रोतका अनुसार उनलाई प्राधिकरणको कार्यकाल पुरा नभई अन्त नियुक्ति नगर्ने सरकारले स्पष्ट संकेत गरेको छ । जसका कारण उनी नियुक्ति प्रक्रियाबाट बाहिरिएका हुन् ।

उनले आफ्नो अहिलेको जिम्वेवारी पुनर्निर्माण नै भएकाले आफ्नो जिम्बेवारी पुरा नगरी अन्त नजाने बताएका छन् ।

‘मेरो जिम्वेवारी अहिले यता छ, बीचमा मैले केही छलफल गरे सबैको सुझाव जिम्वेवारी पुरा गर्नुस् भन्ने छ’ अनलाइनखबरसँगको कुराकानीमा उनले भने, ‘धरहरा, रानीपोखरी, पुरातात्विक सम्पदाहरु तथा निजी आवास पुनर्निर्माणको कामहरु पनि गर्न बाँकी नै छ, यता म विशेष ध्यान दिएर पुरा गर्नेछु ।’ आफू पुनर्निर्माणको काम चाडोभन्दा चाडो सक्नका लागि प्राधिकरणतिरै केन्द्रित हुने बताए ।

ज्ञवाली बोर्डको सीईओको लागि निकै चर्चामा आएका व्यक्ति हुन् । बलिया प्रतिष्पर्धी रहेका ज्ञवाली प्रक्रियाबाटै बाहिरिएपछि अब भट्ट र जोशी थप बलिया प्रतिष्पर्धी देखिएका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?