+
+
Shares

जलेश्वरबाट लागूऔषधसहित एकजना भारतीय पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १६ गते १९:३५

१६ साउन, जनकपुरधाम । महोत्तरी सदरमुकाम जलेश्वरबाट लागूऔषधसहित शुक्रबार एकजना भारतीय नागरिक पक्राउ परेका छन् ।

जलेश्वर नगरपालिका-३ स्थित छड्की बाँध नजिकबाट भारतको बिहार राज्य अन्तर्गत सितामी जिल्ला श्रीखण्डी भिट्टा बस्ने २५ वर्षीय कृष्णा दास पक्राउ परेका हुन् ।

भारतबाट पैदल नेपालतर्फ आउँदै गरेका उनलाई शंकाको आधारमा चेकजाँच गर्दा लागूऔषध बरामद भएको महोत्तरीका प्रहरी प्रबक्ता प्रकाश बिष्टले जानकारी दिए ।

बिष्टका अनुसार ती भारतीयको साथबाट एक्सिप्लान नामक लागूऔषध २० बोतल बरामद भएको छ ।

पक्राउ परेका दासलाई जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखी थप अनुसन्धान कार्य गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?