+
+

काठमाडौंबाट नक्कली नोटसहित एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १६ गते २०:०८

१६ साउन, काठमाडौं । काठमाडौंको शान्तिनगरबाट नक्कली नोटसहित शुक्रबार एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा स्याङजाको चापाकोट नगरपालिका-५ घर भई  काठमाडौं महानगरपालिका-३१ शान्तिनगरस्थित नोगेन्द्र कान्छा चोकमा स्टेशनरी पसल सञ्चालन गर्दै आइरहेका ३८ वर्षीय नारायण पौडेल रहेका छन् ।

महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरबाट खटिएको प्रहरी टोलीले नक्कली नोट फोटोकपी गर्दै गरेको अवस्थामा पौडेललाई नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक राजकुमार केसीले जानकारी दिए ।

उनको साथबाट नक्कली नोट प्रिन्ट गर्ने एक थान प्रिन्टर, सक्कली एक हजारको नोट र फोटोकपी गरी तयार पारिएका १० थान एक हजारको नक्कली नोट बरामद भएको केसीले बताए । पौडेललाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?