Comments Add Comment

पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन

१७ साउन, तनहुँ । पहिरो खसेर अवरुद्ध भएको पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।

आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा पहिरो झरेपछि आज बिहान राजमार्ग अवरुद्ध भएको थियो ।

पहिरो खसेको ४५ मिनेटमा राजमार्ग एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

राजमार्ग दुईतर्फी बनाउन पहिरो पन्छ्याउने काम भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment