 
																			७ साउन, काभ्रे । तेमाल गाउँपालिकाले आफ्ना सम्पूर्ण शिक्षकलाई होम क्वारेन्टिनमा बसाउने भएको छ । उसले सूचना प्रकाशित गरी साउन २० गतेदेखि ३२ गतेसम्म गाउँपालिकाभित्रका शिक्षकलाई होम क्वारेन्टिनमा बस्न अनुरोध गरेको छ ।
सरकारले आगामी भदौ १ गतेदेखि विद्यार्थी भर्ना लगायतका गतिविधि गर्न दिने निर्णय गरेपछि गाउँपालिकाले जिल्ला बाहिर गएका आफ्ना शिक्षकलाई साउन २० गतेभित्र गाउँपालिका आइपुग्न आग्रह गरेको छ । “होम क्वारेन्टिन बसाइपछि स्वास्थ्य परीक्षण गरेर मात्र शिक्षकलाई विद्यालय पठाइनेछ”, गाउँपालिका अध्यक्ष सलामसिं तामाङले भने ।
उनका अनुसार अगामी भदौ १ गतेबाट कारोना भाइरस सङ्क्रमणरहित शिक्षकले विद्यार्थी भर्ना, शैक्षिक योजना निर्माण, शिक्षण सिकाइ क्रियाकलापमा सहजीकरण तथा अन्य कार्य क्रमैसँग सञ्चालन गरिनेछ ।साथै गाउँपालिकाले विद्यालयमा व्यवस्थित गरिएको क्वारेन्टिन सबै वडा कार्यालयको समन्वयमा अन्यत्र सार्ने योजना बनाइने जनाएको छ ।
जिल्लाका क्वारेन्टिन व्यवस्थित गरिएका विद्यालय खाली गरिने भएको छ । बाँकी दुई हप्ताका अवधिमा विद्यालयबाट क्वारेन्टिन सार्ने प्रक्रिया अबलम्बन गर्न एक/दुई दिनमै छलफल गरिने जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले जनाएको छ ।
केन्द्र संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले सरकारले विद्यालयबाट क्वारेन्टिन हटाउन तथा अब विद्यालयलाई क्वारेन्टिन नबनाउने निर्णय गरेपछि जिल्लास्थित सुरक्षा निकाय तथा स्थानीय तहका सरोकारवालासँग केही दिनमै छलफल गरी सार्न थालिने बताए । उनले भने, “एक/दुई दिनमै छलफल गरी अन्यत्र व्यवस्थित गर्नेबारे निर्णय गर्नेछौँ ।”
हाल जिल्लास्थित १३ स्थानीय तहमा ८५१ श्याको क्वारेन्टिन व्यवस्थित गरिएको छ । क्वरेन्टिनमध्ये अधिकांश विद्यालयमा व्यवस्थित छन् । हाल तेस्रो मुलुकबाट फर्किएका ६० पुरुष र आठ महिला स्थानीय तहको क्वारेन्टिनमा बसिरहेका छन् ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4