Comments Add Comment

यो हो विश्वकै अग्लो जिराफ, जसको नाप लिन विशेष खम्बा बनाइयो

काठमाडौं । अष्ट्रेलियाको एक चिडियाखानामा रहेको जिराफले गिनिज बुकमा आफ्नो नाम लेखाउन सफल भएको छ ।

‘फरेस्ट’ नामक उक्त जिराफले विश्वकै अग्लो जिराफको कीर्तिमानी दर्ज गरेको हो ।

१२ वर्ष उमेरको उक्त जिराफलाई दुनियाकै सबैभन्दा अग्लो जीवित जिराफ घोषित गरिएको गिनिज वल्र्ड रेकर्डस्ले जनाएको छ ।

यो जिराफ यति धेरै अग्लो छ कि त्यसको जिउको उचाइ नाप्न निकै मुस्किल पर्यो । गिनिज बुक अफ वल्र्ड रेकर्डस्का अधिकारीहरुले उक्त जिराफको मापनका लागि एउटा नापवाला विशेष खम्बा बनाएका थिए । यो जिराफको उचाइ १८ फिट ८ इन्च छ ।

अष्ट्रेलियाको क्विन्सल्याण्ड चिडियाखानामा फरेस्ट नामको यो कीर्तिमानी जिराफ छ । अस्ट्रेलियाका वन्यजन्तु संरक्षणकर्मी स्टिभ इरविनको परिवारले उक्त चिडियाखाना सञ्चालन गरिरहेको छ । यस चिडियाखानामा बर्सेनि ७ लाख मानिस घुम्न आउँदछन् ।

इरविन परिवारकी बिन्डी इरविनका अनुसार यो जिराफको जन्म सन् २००७ मा न्युजिल्याण्डको अकल्याण्ड चिडियाखानामा भएको थियो । करीब दुई वर्षपछि त्यसलाई नयाँ घरमा सारिएको थियो ।

आफ्नो चिडियाखानामा सोही फरेस्ट मात्र एउटा भाले जिराफ रहेको बिन्डी बताउँछिन् । चिडियाखानामा रहेका अन्य जिराफहरु फरेस्टको तुलनामा निकै फुच्चे छन् र दुईवटाको उचाइ जोड्दा पनि यसकोजति हुँदैन ।

यो भाले जिराफले आफ्ना आगामी पुस्ता पनि तयार पारिसकेको छ । चिडियाखानाका अन्य पोथी जिराफसँगको संसर्गबाट यसले अहिलेसम्म १२ वटा जिराफको पिता बनिसकेको छ ।

–एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment