Comments Add Comment

गुल्मीमा कर कार्यालय स्थापना

१८ साउन, गुल्मी । गुल्मीबाट कर तिर्नैका लागि पाल्पा तथा बुटवल जानु पर्ने बाध्यता अत्य भएको छ । जिल्ला सदरमुकाम तम्घासमा करदाता सेवा कार्यालयको स्थापना भएपछि करसम्बन्धी कामको लागि पाल्पा बुटवल जानुपर्ने बाध्यता अत्य भएको हो ।

नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजस्व विभाग अन्तर्गत तम्घासस्थित रेसुङ्गा नगपालिका–१ क्याम्पसरोडमा कार्यालय स्थापना भएको हो । कार्यालय स्थापना भएसँगै जिल्ला भित्रका सेवाग्राहीलाई सहज हुने भएको छ ।

कर सम्बन्धी सेवाप्रवाह, बजार अनुगमन, व्यवसायलाई करमादर्ता गर्ने काम करदाता सेवा कार्यालयबाट हुनेछन् । कर संकलन, खाता प्रमाणीत, भ्याटमा दर्ता, कारोवार परिर्वतन, अन्तशुल्क संकलन,व्यवसाय खारेज, कर शिक्षा जस्ता सेवा प्रवाह कार्यालय मार्फत सुरु भएको करदाता सेवा कार्यालय गुल्मीका प्रमुख बिनोदकुमार माझीले बताए ।

गुल्मीमा कर कार्यालय नहुँदा बेला बेलामा शिविर आयोजना गरेरै व्यवसायीको कर संकलन गर्ने गरिएको थियो । कर सम्बन्धी हुने सेवा प्रवाहलाई चुस्तदुरुस्त र सहज बनाउने उद्देश्यले जिल्लामा करदाता सेवा कार्यालय खुलेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment