+
+
Shares

मस्कदेखि ओबामासम्मको ट्वीटर ह्याक गर्ने ‘मास्टरमाइन्ड’ १७ वर्षे किशोर

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १८ गते १७:१८

१८ साउन, काठमाडौं । गत जुलाई १५ मा अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा, टेस्लाका सीईओ एलन मस्कलगायतका सेलिब्रिटीको ट्वीटर ह्याक गरेको आरोपमा १७ वर्षीय एक किशोर पक्राउ परेका छन् ।

अमेरिकाको जस्टिस डिपार्टमेन्टले शुक्रबार दिएको जानकारी अनुसार उक्त मुद्दामा फ्लोरिडाका १७ वर्षीय किशोर पक्राउ परेका हुन् । उनलाई सहयोग गर्ने २२ वर्षीय पुरुष र १९ वर्षीय किशोर पनि पक्राउ परेका छन् ।

फ्लोरिडाका अभियोजनकर्ताका अनुसार यो ह्याकिङका ‘मास्टरमाइन्ड’ भनिएका १७ वर्षीय किशोर ग्राहम क्लार्क हुन् । उनलाई पनि वयस्क मानिसहरुलाई जस्तै गरी जघन्य अपराधको मुद्दा चलाइने बताइएको छ । उनलाई ३० जघन्य अपराधको मुद्दा दायर गरिएको छ ।

त्यस्तै क्लार्कसँगै पक्राउ परेका ओर्नाल्डोमा बस्ने २२ वर्षीय निमा फजेली र १९ वर्षीय बेलायती नागरिक बोग्नर रेगिसमाथि पनि क्लार्कलाई सहयोग गरेको र यो कामका लागि उक्साएको आरोप लगाइएको छ ।

क्लार्कले गत जुलाई १५ मा अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा, टेस्लाका सीईओ एलन मस्क, अमेरिकी राष्ट्रपतिका उम्मेदवार जो बाइडन, अर्बपति बिल गेट्स, र्‍यापर केन वेस्ट, अमेजनका संस्थापक जेफ बेजोसलगायतका सेलिबि्रटीहरुको ट्वीटर ह्याक गरेका थिए । यसरी ह्याक गरेका ट्वीटर एकाउन्टमा एक एड्रेस दिएर उक्त एड्रेसमा जति भर्चुअल मुद्रा बिटक्वाइन पठायो, त्यसको दोब्बर फिर्ता पाउने भन्दै ट्वीट गरिएको थियो । यसरी सेलिबि्रटीको एकाउन्टबाट गरेको ट्वीटबाट विश्वभरका मानिसहरुलाई क्लार्कले कम्तीमा पनि एक लाख डलरको बिटक्वाइन असुलेको बताइएको छ ।

क्लार्क भर्खरै हाइस्कुलको पढाइ सकाएका विद्यार्थी हुन् । अधिवक्ता एन्ड्रयु वारेनका अनुसार उनी सामान्य १७ वर्षीय किशोर थिएनन् र उनले कुनै गल्ती नगरी यो काम गरेका थिए । यद्यपि उनीहरुले आफ्नो पहिचान भने लुकाउन सकेनन् । जसको कारण उनीहरु पक्राउ परे ।

स्रोत  : रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?