+
+
Shares

लुम्बिनी प्रादेशिक अस्पतालले धरौटी बिल काटेर पनि बिरामी भर्ना गरेन

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १८ गते १८:२३

१८ साउन, बुटवल । धरौटी शुल्क लिएर पनि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले भर्ना नगरेपछि एक बृद्धा बिरामी अलपत्र परेकी छन् ।

निमोनिया र श्वासप्रश्वासको समस्या देखिएपछि बिहान ६ बजे एम्बुलेन्समा अस्पताल आएकी सैनामैना-१ वनकट्टाकी ७६ वर्षीया बसुन्धरा पौडेललाई अस्पतालले भर्ना नलिएपछि उनी अलपत्र परेकी हुन् ।

इमर्जेन्सीमा भर्ना भएकी उनलाई अस्पतालका कन्सल्ट्यान्ट फिजिसियन डा. नन्दु पाठकले चेकजाँच गरेपछि आईसीयूमा राखेर उपचार गर्न सिफारिस गरेका थिए ।

डाक्टरको सिफारिस अनुसार बिरामीका आफन्तले दिउसो १२ बजे दश हजार रुपैयाँ धरौटी शुल्क बुझाएका थिए । भर्नाका लागि पर्खेर बसेको दुई घण्टापछि आईसीयूमा बेड खाली छैन भन्दै अस्पतालका स्वास्थ्यकर्मीले शुल्क फिर्ता लिन भनेपछि विवाद उत्पन्न भएको छ । ‘बेड खाली थिएन भने धरौटी शुल्क लिएर बिल किन काटियो ?’, बिरामीका छिमेकी उमानन्द घिमिरेले भने, ‘अस्पतालले उपचार गर्नुपर्ने दायित्वबाट पन्छेर बिरामीको स्वास्थ्यमाथि खेलवाड र लापरबाही गर्‍यो ।’

निमोनिया र श्वासप्रश्वासको समस्या भएकाले कोरोनाको शंका गरेर सिकिस्त अवस्थाका बिरामीको उपचार गर्नबाट अस्पताल पन्छिएको घिमिरेले दाबी गरे ।

अस्पतालमा यस्ता लापरबाही र मनोमानीका घटना दोहोरिन नदिन आफूहरुले धरौटी शुल्क फिर्ता नलिने र बिरामीलाई भर्ना गरेर उपचार गर्नुपर्ने अडानमा रहेको बिरामीका आफन्त कृष्ण बेल्बासेले बताए ।

अस्पतालको यो लापरबाहीको छानवीन हुनुपर्ने उनले बताए । अस्पताल प्रशासनले भने अर्का सिरियस बिरामी आएकाले बेड खाली नभएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?