+

आईपीएल १९ सेप्टेम्बरदेखि, फाइनल १० नोभेम्बरमा

२०७७ साउन  १९ गते ६:५० २०७७ साउन १९ गते ६:५०
आईपीएल १९ सेप्टेम्बरदेखि, फाइनल १० नोभेम्बरमा

१९ साउन, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० को १३ औं संस्करण सेप्टेम्बर १९ देखि सुरु हुने भएको छ ।

आइतबार बसेको आईपीएल गभर्निङ काउन्सिलको बैठकले भारतीय सरकारबाट प्रतियोगिता आयोजना गर्न ग्रिन सिग्नल पाएको र सेप्टेम्बर १९ देखि युएईमा आईपीएल हुने तय भएको इन्डिया टिभीले जनाएको छ ।

फाइनल खेल नोभेम्बर १० मा हुने छ । बैठकमा काउन्सिलले प्रत्येक फ्रेन्चाइजको लागि २४ जना खेलाडी राख्न पाउने प्रावधान राखेको छ ।

यस्तै कोभिड–१९ को रिप्लेसमेन्ट राख्न पाउने नियम पनि स्वीकृत गरेको छ । लिगमा १० दिन दुई–दुई खेल हुनेछ । बेलुकाको खेल साढे ७ बजे सुरु हुनेछ ।

आईपीएल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय