Comments Add Comment

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपालमा पहिरोले पुरिएर दम्पतिको मृत्यु

१९ साउन, काठमाडौं । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर २ बरुवामा पहिरोले पुरिएर दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा यज्ञबहादुर क्षेत्री र उनकी श्रीमती लक्ष्मी छिन् । गएराति करिब २ बजेतिर आएको पहिरोले उनीहरुलाई पुरेको थियो । पहिरोबाट दुवै जनाको शव निकालिएको गाउँपालिका अध्यक्ष टासी लामाले जानकारी दिए ।

उनीहरुका दुई छोरी, एक छोरा छन् । छोरा काठमाडौं आएका छन् । एक छोरी विदेशमा छिन् भने अर्की एक छोरी हजुरबुवाको घरमा बसेकाले सुरक्षित छन् ।

गएरातिको पहिरोले गाउँपालिकाका वडा नम्बर १, २, ३, ६, ७ र ८ मा पहिरोले ठूलो क्षति पुर्याएको अध्यक्ष लामाले बताए । ‘कसैको आँगन छैन । कसैका चौपाया पुरिएका छन्,’ उनले भने, ‘गाउँपालिकाभरि पहिरोले क्षत विक्षत बनाएको छ ।’

गएराति नै सिन्धुपाल्चोकको मेलम्ची–११ मा पहिरोमा ९ जना पुरिएकामध्ये ५ जनाको शव फेला परेको छ भने एक जनालाई जीवितै उद्धार गरिएको छ ।

यो पनि पढ्नुहोस मेलम्ची पहिरोबाट ५ शव निकालियो, दुई जनाको पहिचान

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment