
१९ साउन, काठमाडौं । पछिल्लो केही समययता कोरोना भाइरसको संक्रमण बढ्न थालेसँगै फिलिपिन्सको राजधानी सहर मनिला वरपरका क्षेत्रमा लकडाउनको घोषणा गरिएको छ । मनिलाका डाक्टरहरुले कोरोना भाइरस नियन्त्रणको लागि तत्कालै कुनै कदम उठाउन नसकिए अवस्था नाजुक हुन सक्ने चेतावनी दिएका थिए । उनीहरुले अहिले फिलिपिन्सले आफ्नो कोरोना भाइरसविरुद्धको लडाइँ हार्दै गएको र यो रोगले मुलुकको स्वास्थ्य प्रणाली नै कमजोर बनाउन सक्ने चेतावनी दिएका थिए ।
अहिले लगाइएको लकडाउनमा मनिलाका केही व्यवसायहरु र सार्वजनिक यातायात बन्द रहनेछन् । यो लकडाउन मंगलबारदेखि सुरु हुनेछ र दुई सातासम्म चल्नेछ । फिलिपिन्सको सरकारले करिब १० हजार नयाँ स्वास्थ्यकर्मी थप गर्ने योजनामा छ ।
स्रोत : बीबीसी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4