
१९ साउन, कैलाली । जिल्ला अस्पताल दार्चुलामा उपचाररत एक व्यक्तिको मृत्यु भएको छ ।
दार्चुलाको व्यास गाउँपालिका –५ का २८ वर्षीय युवकको सोमबार बिहान मृत्यु भएको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिए ।
श्वास फेर्न गाह्रो भएको र ज्वरो आएपछि उनी आइतबार अस्पतालमा भर्ना भएका थिए । उपचारका क्रममा उनको सोमबार बिहान मृत्यु भएको हो ।
कोरोनासँग लक्षण मिल्दोजुल्दो भएका कारण स्वाब संकलन गरिएको प्रजिअ पोखरेलले जानकारी दिए । ‘स्वाब संकलन गरेर डडेल्धुरा प्रयोगशालामा पठाइएको छ’ उने भने‘ रिपोर्ट आएपछि मात्रै शवको व्यवस्थापन गर्छाैै ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4