
चलचित्र ‘आमा’ निर्देशन गरेर तारिफ कमाएका निर्देशक दीपेन्द्र के खनालले अब २ चलचित्र निर्देशन गर्ने तयारी थालेका छन् । उनले, ‘चिसो मान्छे र लकडाउन’ निर्देशनको तयारी थालेका हुन् । उनले, सरकारले छायांकनको अनुमती दिएपछि ‘चिसो मान्छे’को छायांकन सुरु गर्नेछन् ।
निर्देशक खनालका अनुसार, उनले चलचित्र ‘चिसो मान्छे’लाई घाममा खिच्ने छैनन् । चलचित्र ‘आमा’को अधिकांश दृश्यमा पानी देखाएका निर्देशकले ‘चिसो मान्छे’लाई घाममा नखिच्ने बताए । उनले भने–‘दर्शकले चलचित्र हेर्ने वित्तिकै यो कस्तो टोनको चलचित्रको भनेर वुझ्नुपर्छ । चलचित्रको नाम नै चिसो मान्छे भएकाले यसलाई घमाइलो मौसममा खिच्दा कथा मर्छ । म पछिल्लो समयमा दृश्यभाषामा बढी ध्यान दिइरहेको छु । यसैले, चिसो मान्छेमा घाममा कुनै पनि दृश्य खिचिने छैन ।’
मानिसहरुको काम गर्ने शैली र प्रवृत्तीका कारण समाज कसरी चिसो भैरहेको छ भन्ने कथा ‘चिसो मान्छे’मा प्रस्तुत गरिने दीपेन्द्रले बताए ।
चलचित्रको बजेट सस्तो हुन्छ त भन्ने प्रश्नमा उनले भने–‘सस्तोमा बनाउने भनेर आवश्यक कुरा नै नदेखाउने भन्ने हुँदैन । कलाकार, प्राविधिकदेखि उपकरण व्यवसायीहरुले आफू रेट कम गर्नुपरयो । तर, चलचित्र निर्माणमा संझौता गर्न भने हुँदैन ।’
चलचित्र ‘चिसो मान्छे’लाई शर्मिला पाण्डेले निर्माण गर्दैछिन् । दीपेन्द्र भन्छन्–‘बिषय परिस्थितीपछि चलचित्र निर्माण हुन लागेकाले पनि, चलचित्रसँग जोडिने मानिसहरुले पारिश्रमिक कम गरिदिए निर्मातालाई राहत पुग्छ । तर, सस्तो बनाउने भनेर चल्ने चित्र मात्र बनाएर त झनै घाटा हुन्छ ।’
प्रतिक्रिया 4