+
+

कर्णाली प्रदेशका तीन जिल्ला कोरोनामुक्त

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २० गते १२:४५

२० साउन, सुर्खेत । कर्णाली प्रदेशका तीन जिल्ला हुम्ला, डोल्पा र जुम्लामा कोरोना संक्रमितको संख्या शून्य भएको छ ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य महाशाखाका अनुसार हुम्ला ५ जना, डोल्पा ४ जना र जुम्ला ४० जनामा कोरोना संक्रमण देखिएको थियो ।

उनीहरु सबै निको भएर घर गइसके । मंगलबार यी जिल्लामा संक्रमितको शून्य रहेको महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जनाकारी दिए ।

हाल कर्णालीका ७ जिल्लामा मात्र कोरोना संक्रमित रहेका छन् । डा. तिवारीका अनुसार सुर्खेतमा ३५ जना, दैलेखमा १ सय २४ जना, जाजरकोटमा १२ जना, सल्यानमा ९ जना, कालीकोटमा १२ जना, रुकुम पश्चिममा २ जना र मुगुमा १ जना गरेर १ सय ९५ जना संक्रमित आइसोलेसनमा उपचाररत छन् ।

प्रदेशमा सक्रिय संक्रमितको संख्या २ सय ११ जना रहे पनि संक्रमित केही व्यक्ति होम आइसोलेसनमा रहेका डा. तिवारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?