+
+
Shares

कोरोना महामारीबीच श्रीलंकामा निर्वाचनको तयारी

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २० गते १४:१२

२० साउन, काठमाडौं । श्रीलंकामा कोरोना भाइरस (कोभिड–१९) को महामारीको बीचमा बुधबार निर्वाचनको तयारी गरिएको छ । यो निर्वाचनको लागि सरकारले विशेष व्यवस्था पनि गरेको छ ।

बुधबार श्रीलंकामा २२५ संसदीय संसदको निर्वाचनको लागि सात हजार ४५० भन्दा धेरै उम्मेदवार मैदानमा छन् । यो निर्वाचनमा करिब एक करोड ६२ लाख मतदाताले आफ्नो मताधिकारको प्रयोग गर्नेछन् ।

करिब चार सय मतदाताले कोरोना भाइरसको संक्रमणको कारण यो निर्वाचनमा भाग लिन सक्ने छैनन् । यद्यपि धेरैभन्दा धेरै मानिसले आफ्नो मताधिकारको प्रयोग गर्न सकून् भनेर व्यवस्था गरिएको छ ।

अस्पतालमा वा कोभिड सेन्टरमा १४ दिन क्वारेन्टिन पिरियड पूरा गरेका र अहिले होम क्वारेन्टिनमा बसेका मानिसहरुको लागि फरक मतदान स्थलको व्यवस्था गरिएको छ । निवार्चन आयोगका अध्यक्ष महिन्दा देशप्रियाले निर्वाचनको कारण कोरोना भाइरसको संक्रमण नबढ्ने बताएका छन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?