Comments Add Comment

एथ्लेटिक्स प्रशिक्षक राईको निधन

२० साउन, काठमाडौं । क्यान्सर रोगबाट पीडित एथ्लेटिक्स प्रशिक्षक रवीनकुमार राईको निधन भएको छ । भक्तपुरस्थित काठमाडौं क्यान्सर सेन्टरमा उपचारको क्रममा राईको सोमबार साँझ निधन भएको हो । उनको मंगलबार बिहानै पशुपती आर्यघाटमा दाहसंस्कार समेत गरिएको छ ।

सल्यान स्थायी घर भएका राई सल्यान जिल्ला खेलकुद विकास समितिको एथ्लेटिक्स सहायक प्रशिक्षक थिए । राईले २०५२ सालदेखि एथ्लेटिक्समा काम गर्दै आएका थिए ।

राखेपका अस्थायी प्रशिक्षक रहेका राईलाई ब्रेन ट्युमर देखिएपछि वैशाखको अन्तिम साता काठमाडौंको अन्नपूर्ण न्युरो हस्पिटल ल्याएर शल्यक्रिया गरिएको थियो ।

जाँचको क्रममा क्यान्सर भएको पत्ता लागेपछि उनी जेठको पहिलो साताबाट काठमाडौं क्यान्सर सेन्टरमा उपचाररत थिए ।

पछिल्लो समय उनको स्वास्थ्य अवस्था झन् नाजुक अवस्थामा थियो । मोफसलमा बसेर एथ्लेटिक्समा योगदान गर्दै आएका राईले राष्ट्रिय स्तरमा समेत राम्रा खेलाडी उत्पादन गरेका थिए ।

राईका श्रीमती, एक छोरा र एक छोरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment