+
+
Shares

सम्मानका साथ कोरोना संक्रमितको शव व्यवस्थापन

हरि अधिकारी हरि अधिकारी
२०७७ साउन २० गते १६:१५

२० साउन, विराटनगर । कोरोना संक्रमणबाट मृत्यु भएका विराटनगरका ७७ वर्षीय वृद्धको सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

विराटनगर– ५ का उनको कोशी अस्पतालको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको थियो । चार दिनदेखि ज्वरो आउनुका साथै छाती दुख्ने र श्वास फेर्न गाह्रो हुने भएका थियो ।

सोमबार अस्पताल भर्ना गरिएका उनको उपचारकै क्रममा मृत्यु भयो । उनमा कोराना संक्रमण पनि पष्टि भएको छ ।

मृतकको ‘ट्राभल हिस्ट्री’ फेला नपरेको कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए । मंगलबार नेपाली सेनाको शव व्यवस्थापन टोलीले कानेपोखरी क्षेत्रको जंगलमा शव व्यवस्थापन गरेको छ ।

त्यसक्रममा नेपाली सेनाको शव व्यवस्थापन टोलीले सलामी दिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए ।

श्रीमतीको रिपोर्ट नेगेटिभ

यसैबीच मृतकका ६८ वर्षीया श्रीमतीको रिपोर्ट नेगेटिभ आएको छ । उनले नै श्रीमानलाई सोमबार अस्पताल लगेकी थिन् । थर स्वाब संकलन गरी परिक्षण गर्दा नेगेटिभ आएको मेसु डा. दासले बताए ।

उनलाई होम क्वारेन्टाइनमा बस्न पठाइएको छ ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?