Comments Add Comment

एक तिहाइ अफगानी कोरोना संक्रमित भएको अनुमान

२१ साउन, काठमाडौं । अफगानिस्तानका करिब एक तिहाइ जनसंख्या अर्थात् करिब एक करोड मानिसमा कोरोना भाइरसको संक्रमण भएको हुन सक्ने एक सर्वेक्षणले देखाएको छ । बुधबार अफगानिस्तानको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको आकलनले यस्तो देखाएको हो ।

अफगानिस्तानभरका नौ हजार पाँच सयभन्दा धेरै मानिसहरुमा गरिएको एन्टिबडी परीक्षणबाट यस किसिमको आकलन गरिएको हो । यो सर्वेक्षा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को प्राविधिक सहयोगमा गरिएको हो । यो सर्वेक्षणमा ३१ दशमलव ५ प्रतिशत मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको हो । जसमध्ये सबैभन्दा बढी संक्रमणदर राजधानी सहर काबुलमा देखिएको छ ५० लाख जनसंख्या रहेको अफगानिस्तानका आधा मानिसमा कोरोना भाइरसको संक्रमण रहेको हुन सक्ने बताइएको छ ।

तीन करोड २० लाख मानिसको जनसंख्या रहेको यो मुुलुकमा निकै सीमित कोरोना परीक्षणको क्षमता छ । आधिकारिक रुपमा अहिलेसम्म ३६ हजार संक्रमित फेला परेका छन् । एक हजार दुई सयभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ ।

अफगानिस्तानका स्वास्थ्यमन्त्री अहमद जवाद ओस्मानीले भने, ‘अहिले विश्वभर कोरोना भाइरसको दोस्रो लहर पनि फैलिरहेको छ र हामी पनि यसबाट बच्न सक्दैनौँ । हामी यो सर्वेक्षणको नतिजाको आधारमा सम्भावित दोस्रो लहरबारट बच्ने प्रयास गर्न सक्छौँ ।’

स्रोत :अलजाजिरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment