Comments Add Comment

प्रदेश ५ मा थपिए ३६ कोरोना संक्रमित

२१ साउन, बुटवल । प्रदेश ५ मा बुधबार थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा पाँच जिल्लाका ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जसअनुसार कपिलवस्तुका १३, बाँकेका १३, प्युठानका ५, रुपन्देहीका ३ र दाङका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै प्रदेश ५ मा कोरोना संक्रमितको संख्या ४ हजार ३ सय ९५ पुगेको छ ।

प्रदेश ५ मा हालसम्म ४ हजार ८८ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् भने ३ सय ४० जना संक्रमित उपचाररत छन् । कोरोना भाइरस संक्रमणका कारण प्रदेश ५ मा १३ जनाको मृत्यु भएको छ । हाल प्रदेशभर १ हजार ३ सय ८९ जना क्वारेन्टाइनमा रहेका छन् ।

प्रदेश ५ मा पीसीआर परीक्षणका लागि संकलन गरिएको थ्रोट स्वाब मध्ये ९८ प्रतिशत परीक्षण भैसकेको र अझै २ प्रतिशत परीक्षण गर्न बाँकी रहेको सामाजिक विकास मन्त्रालयका वरिष्ठ जन स्वास्थ्य प्रशाशक डा. उमाशंकर प्रसाद चौधरीले जानकारी दिए ।

प्रदेशभर ५९ हजार १ सय ४१ जनाको थ्रोट स्वाब संकलन गरिएकोमा ५७ हजार ९ सय २३ थ्रोट स्वाब परीक्षण भइसकेको र अझै १ हजार २ सय १८ थ्रोट स्वाबको नतिजा आउन बाँकी रहेको चौधरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment