Comments Add Comment

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४० हजार नाघ्यो

२२ साउन, काठमाडौं ।  भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या ४० हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४० हजार ६९९ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा मात्र कोरोना भाइरसका कारण ९०४ जनाको मृत्यु भएको हो ।

त्यस्तै भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ५६ हजार २८२ नयाँ संक्रमित थपिएका छन् । योसँगै भारतमा कोरोना भाइरस संक्रमितको संख्या पनि १९ लाख ६४ हजार ५३७ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म १३ लाख २८ हजार ३३७ जना मानिस निको भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment