Comments Add Comment

थप ३६० जनामा कोरोना संक्रमण पुष्टि

२२ साउन, काठमाडौं । बिहीबार नेपालमा थप ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६ सय २२ जनाको कोरोना परीक्षण गर्दा ३६० जना संक्रमित भेटिएका हुन् ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ७ सय ५० पुगेको छ । सक्रिय संक्रमितको संख्या ६ हजार २९६ रहेको छ । बिहीबार थप २३३ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १५ हजार ३ सय ८९ पुगेको छ ।

हालसम्म कोरोना संक्रमणका कारण ६५ जनाको मृत्यु  भएको छ ।

कहाँ कति संक्रमित

बिहीबार काठमाडौंमा ७६, पर्सामा ४२ जना, कपिवस्तुमा ३२ जना, मोरङ र धनुषामा २४÷२४ जना, कैलालीमा २१ जना संक्रमित भेटिएका छन् ।

त्यस्तै सुनसरीमा १९, इलाममा १५, बारामा १४, ललितपुरमा १०, सर्लाहीमा ९, झापामा ८, अछाममा ७, गोरखामा ६, प्युठानमा ५, मकवानपुर, रुपन्देहीमा ४/४ जना संक्रमित भेटिएका छन् ।

महोत्तरी, काभ्रे, दाङ, बझाङ र बाजुरामा ३÷३ जना, भोजपुर, सिरहा, रौतहट, कञ्चनपुर, डोटीमा २/२ जना, भक्तपुर, दोलखा, चितवन, नुवाकोट, रामेछाप, उदयपुर, गुल्मी, पर्वत, कास्की, दैलेख, सुर्खेत, जुम्ला, मुगु, बैतडीमा १÷१ जना संक्रमित भेटिएका मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment