+
+
Shares

कपिलवस्तुमा साउन ३२ गतेसम्म अत्यावश्यक बाहेकका सबै सेवा बन्द

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २२ गते १९:५६

२२ साउन, बुटवल । कोरोना भाइरस संक्रमणको उच्च जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले भोलि शुक्रबारदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले बिहीबार एक सूचना जारी गर्दै शुक्रबार बिहान ५ बजेदेखि लागू हुने गरी साउन ३२ गते राति १२ बजेसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने जानकारी दिएको हो ।

प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलका अनुसार यसअवधिमा अत्यावश्यक सेवा बाहेकका सरकारी कार्यालय, बैङ्क तथा वित्तीय संस्थाबाट प्रदान गरिने सेवाहरु पूर्णरुपमा बन्द गरिने छ ।

यस्तै ढुवानीका साधन बाहेक जिल्लाभित्र सञ्चालन हुने सार्वजनिक यातायातका सवारी साधानहरु पूर्णरुपमा बन्द गरिने छ भने निजी सवारी साधन मोटरसाइकल, स्कुटरहरु जोर/बिजोर प्रणाली अनुसार सञ्चालन हुने छन् ।

‘जिल्लामा स्थानीय लगायत सराकरी कार्यालय, बैङ्क तथा वित्तीय संस्थाका कर्मचारीहरुमा समेत कोरोना संक्रमण देखिएकाले साउन २३ गतेबाट ३२ गतेसम्म १० दिन अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरिएको हो,’ प्रजिअ पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रशासनको सूचना उल्लंघन गरे कानुन बमोजिम कारबाही गर्ने पनि प्रशासन कार्यालयले चेतावनी दिएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?