Comments Add Comment

वीर अस्पतालका चिकित्सकमा कोरोना संक्रमण

२२ साउन, काठमाडौं । वीर अस्पतालका एक जना चिकित्सकमा कोरोना संक्रमण देखिएको छ । अस्पतालका इन्टरनल मेडिसिन विभागमा कार्यरत पुरुष डाक्टरमा संक्रमण देखिएको हो ।

अस्पताल स्रोतका अनुसार उनमा ज्वरो आउने र पखला लाग्ने समस्या भएको थियो । आज अस्पतालमै गरिएको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो । अहिले उनलाई अस्पतालकै आइसोलेसन वार्डमा भर्ना गरेर राखिएको छ । उनको स्वास्थ्य अवस्था भने अहिले सामान्य रहेको बताइएको छ ।

अस्पतालमा आएका विरामी र चिकित्सकमा समेत संक्रमण देखिएपछि वीर अस्पतालले केही चिकित्सक तथा नर्सहरुलाई अस्थायी क्वारेन्टिनमा राखेको छ ।

अस्पतालले सुन्धारामा एक होटललाई भाडामा लिई आफ्ना स्टाफ राख्ने अस्थायी क्वारेन्टिन बनाएको छ ।

अस्पतालका निर्देशक डा केदार सेन्चुरीले संक्रमणको हुनसक्ने सम्भावित करीब १० जना स्वास्थ्यकर्मीलाई अस्पतालको अस्थायी क्वारेन्टाइनमा राखेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment