Comments Add Comment

‘डर छैन’मा विपिनको मन छुने अभिनय

नायक विपिन कार्कीको अभिनयले लाखौ दर्शकलाई फ्यान बनाएको छ । चलचित्रमा कुनै पनि भूमिकलाई जिवन्त रुपमा उतार्न सक्ने खुबी उनी राख्छन् । यसैले, विपिन कार्कीले अभिनय गरेका चलचित्रले व्यापारिक रुपमा जस्तो कमाई गरेपनि उनको अभिनयले भने सर्वत्र चर्चा पाउँछ ।

उनै, विपिन कार्कीले लकडाउनपछि अभिनय गरेको ‘डर छैन’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सन्तोष लामाको स्वर, हरि लम्सालको संगीत, नारायण गौतमको शब्द गीतमा छ ।

गीतको भिडियोमा विपिनले एक भरियाको भूमिका निर्वाह गरेका छन् । यो भिडियोमा विपिनले दिनभर काम गरेर छाक टार्ने र पैसा नहुँदा चामलै खाएर रात बिताउने एक भरियाको जीवन बोलेका छन् । उनको अभिनय हेर्दा २ घन्टाको चलचित्रलाई पर्दामा हेरे जस्तो लाग्छ ।
छोटो भिडियोमा सिंगो कथा व्यक्त गर्न सक्ने खुबी कमै मात्र कलाकारमा हुन्छ । विपिनले सोही कथा भिडियोमा अभिनय मार्फत व्यक्त गरेका छन् ।

निर्देशक निकेश खड्काले भिडियोमा कुनै पात्रको कथा खोज्छन् । यसपटक, उनले एउटा बलियो कलाकारलाई शक्तिशाली भूमिका उभ्याएका छन् । विकास धमलाको सम्पादन, हरि हुमागाँइको छायांकन रहेको भिडियोमा लोकमणी सापकोटालाई पनि देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment