+
+

भारतमा कोरोना संक्रमित २० लाख नाघे

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २३ गते १२:४५

२३ साउन, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९०) बाट संक्रमित हुनेको संख्या २० लाख नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २० लाख २७ हजार ७५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका ६२ हजार ५३८ नयाँ कोरोना संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा थपिएको यो संख्या एकैदिनमा थपिएको सबैभन्दा उच्च हो ।

भारतमा पछिल्लो २० दिनमा कोरोना संक्रमितको संख्या दोब्बर भएको छ । यो दर अमेरिकाको भन्दा पनि बढी हो । संक्रमित संख्याको तुलनामा अमेरिका भारतभन्दा पनि अगाडि छ । सबैभन्दा धेरै संक्रमित अमेरिकामा भेटिएका छन् भने दोस्रो स्थानमा ब्राजिल छ ।

भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पनि ४१ हजार ५८५ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ८८६ जनाको मृत्यु भएको हो ।

अहिलेसम्म भारतमा कोरोना भाइरसका १३ लाख ७८ हजार १०५ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?