+
+
Shares

कोरोना संक्रमणबाट पाटन अस्पतालमा दुई जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २३ गते १५:०९

२३ साउन, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट शुक्रबार थप दुई जनाको मृत्यु भएको छ ।

पाटन अस्पतालको आईसीयूमा उपचाररत ४५ वर्षीय पुरुष र ४१ वर्षीय महिलाको मृत्यु भएको हो ।

सर्लाहीका ४५ वर्षीय पुरुषलाई कुकुरले टोकेको थियो र, १९ गते अस्पताल भर्ना भएका थिए । आईसीयूमा भर्ना भएका उनको इन्सेफ्लाटिसको समेत उपचार भइरहेको थियो । उनको शुक्रबार विहान ८ बजेर ४० मिनेटमा मृत्यु भएको हो ।

यस्तै रुपन्देही, सुनौलीकी ४१ वर्षीया महिलालाई पनि १९ गते नै अस्पताल भर्ना भएकी थिइन् ।

पाठेघरको क्यान्सर र निमोनियाको विरामी उनको उपचारका क्रममा ११ बजेतिर मृत्यु भएको स्वास्थ्य कार्यालय, ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?