Comments Add Comment

विराटनगरमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु

२३ साउन, विराटनगर । कोशी अस्पताल विराटनगरको आइसोलेसन कक्षमा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार बिहान कोशी अस्पताल विराटनगरको आइसालेसनमा मृत्यु भएका पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।

विराटनगर महानगरपालिका– ९ का ५८ वर्षका पुरुषलाई भर्नालगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । ती पुरुष विहान सवा ९ बजे अस्पताल पुगेका थिए । कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि उनको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो ।

शुक्रबार दिउँसो कोरोना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए ।

निजी स्वास्थ्य संस्थामा लैजादा उपचार नभएपछि अन्तिम अवस्थामा आफन्तले अस्पताल पु¥याएका थिए । ‘आइसोलेसनमा राखेर जाँच गर्दा मृत्यु भइसकेको थियो’ डा. दासले भने ‘कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएकाले स्वाब संकलन गरेका थियौं ।’

मृतकमा एक सातादेखि ज्वरो र खोकीको समस्या रहेको थियो । उनी उच्च रक्तचापको समस्याले पनि पीडित थिए ।

यो सँगै विराटनगरमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनको संख्या ३ पुगेको छ । मोरङमा ज्यान गुमाउनको संख्या पाँच पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment