+
+
Shares

श्रीलंकाको निर्वाचनमा राजपाक्षको पार्टीलाई बहुमत

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २३ गते १८:१२

२३ साउन, काठमाडौं । श्रीलंकाको संसदीय निर्वाचनमा प्रधानमन्त्री महिन्दा राजपाक्षको पार्टी श्रीलंका पोडुजना पार्टी (एसएलपीपी) ले स्पष्ट बहुमत हासिल गरेको छ ।

शुक्रबार सार्वजनिक गरिएको अन्तिम मत परिणाम अनुसार एसएलपीपीले २२५ सिटमध्ये १४५ सिटमा जित हासिल गरेको हो । यो निर्वाचनमा ७५ प्रतिशत मतदाताले आफ्नो मताधिकार गरेको बताइएको छ । एसएलपीपीको प्रमुख प्रतिपक्षी दलले केवल ५४ सिटमा जित हासिल गरेको छ ।

प्रधानमन्त्री महिन्दा राजपाक्षले सोही पदको लागि आफ्नै भाइबाट शपथ ग्रहण गर्नेछन् । प्रधानमन्त्रीका भाइ गोटाभाय राजपाक्ष श्रीलंकाका राष्ट्रपति हुन् । यो निर्वाचनमा जित हात पारेसँगै राजपाक्ष दाजुभाइलाई संविधान परिवर्तन गर्ने र सरकार बलियो बनाउने मौका मिलेको छ ।

राष्ट्रपति गोटाभय राजपाक्षले सामाजिक सञ्जाल ट्वीटरमा यो निर्वाचनमा आफ्नो समृद्धिको योजनालाई आगामी दिनमा वास्ताविकतामा ढाल्न सक्ने विश्वासका साथमा मानिसहरुले मतदान गरेको बताएका छन् ।

आलोचकहरुले भने राजपाक्ष दाजुभाइले अहिले पाएको अधिकार दुरुपयोग गर्दै प्रहरी र न्यायालयलाई पनि आफ्नो हातमा लिन सक्ने आशंका व्यक्त गरेका छन् ।

साथै राष्ट्रपतीय कार्यकालमाथिको अंकुश पनि हटाउन सक्ने उनीहरुको आशंका छ । श्रीलंकाको विपक्षी पार्टीले सरकारमाथि भ्रष्टाचार, सेन्सरसिप र मानिसहरुलाई आतंकित पारेको आरोप लगाउँदै आएको छ ।

स्रोत : अलजाजिरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?