+
+
Shares

मकवानपुरमा एक प्रहरीसहित थप ६ जनामा कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २३ गते १८:५०

२३ साउन, हेटौंडा । मकवानपुरमा शुक्रबार एकजना प्रहरी कर्मचारीसहित थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि बिहीबार १० जनामा संक्रमण पुष्टि भएको थियो ।

हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा भएको परीक्षणमा भीमफेदीका ४० वर्षका पुरुष, हेटौंडा-५ का ५५ वर्षका पुरुष, हेटौंडा-८ का ४० वर्षका पुरुष, हेटौंडा-९ का ५८ वर्षका पुरुष, हेटौंडा-६ का ३२ वर्षीया महिला र ४० वर्षका एकजना प्रहरी कर्मचारीमा संक्रमण पुष्टि भएको हो ।

कोरोना पुष्टि भएकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने काम भइरहेको र संक्रमण पुष्टि भएकालाई हेटौंडा आइसोलेसन वार्डमा राखिएको मकवानपुरका प्रमुख जिल्ला अघिकारी दिपकराज नेपालले बताए ।

पछिल्लो समय कोरोना संक्रमित बढ्दै जानुले मकवानपुर कोरोनाको नयाँ हटस्पट बन्ने खतरा बढेको हेटौंडा अस्पतालका मेडिकल सुपरिटेण्डेन डाक्टर प्रविण श्रेष्ठले बताए ।

पछिल्लो तीन दिनमा सदरमुकाम हेटौंडासहित मकवानपुरका गाउँपालिकामा गरी १६ जनामा संक्रमण देखिएको हेटौंडा आइसोलेसन वार्डका इन्चार्ज भोला चौलागाईंले बताए । उनका अनुसार हेटौंडामा कोरोना संक्रमण देखिएका ३० जना डिस्चार्ज भएर घर फर्किसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?