Comments Add Comment

पिर्लो युभेन्ट्सको नयाँ प्रशिक्षक नियुक्त

काठमाडौं । आन्द्रे पिर्लो युभेन्ट्सको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । इटालियन च्याम्पियन युभेन्ट्सले क्लबका पूर्व मिडफिल्डर पिर्लोलाई शनिबार टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

युभेन्ट्सले शनिवारै माउरिजियो सारीलाई बर्खास्त गरेको थियो । युभेन्ट्सले गत साता मात्र पिर्लोलाई यू-२३ टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।

सन् २०१५ मा खेलाडीको रुपमा क्लब छाडेका पिर्लो पाँच वर्षपछि प्रशिक्षक बनेर युभेन्ट्स फर्किएका हुन् ।

पिर्लोसँग अहिलेसम्म प्रशिक्षणको अनुभव नभए पनि युभन्ट्सले क्लबका पूर्व खेलाडीलाई प्रशिक्षकको रुपमा विश्वास गरेको हो । पिर्लोले क्लबसँग २ वर्षको सम्झौता गरेको युभेन्ट्सले जनाएको छ ।

च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरिएपछि भोलिपल्टै क्लबले सारीलाई बर्खास्त गरेको हो ।

सारीको स्थानमा युभेन्ट्सले इटालियन लेजेण्ड पिर्लोलाई छानेको हो । उनले सन् २०११ देखि २०१५ सम्म युभेन्ट्ससम्म ११९ खेल खेल्दै १६ गोल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment