+
+
Shares

सेनाको बर्बर यातनाले चेपाङको मृत्यु भएको पाइयो : शान्ति समाज

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २५ गते १०:१३
चेपाङ परिवारसँग छलफल गर्दै शान्ति समाजको टोली

२५ साउन, बुटवल । मानव अधिकार तथा शान्ति समाजले चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा सैनिक जवानहरुको कुटपिटपछि चेपाङ समुदायका एकजनाको मृत्यु भएको घटनाको भत्र्सना गरेको छ ।

सैनिक जवानको कुटपिटबाट चितवनको राप्ती नगरपालिका–२ का २४ वर्षीय राजकुमार चेपाङको मृत्यु भएको थियो ।

कुटपिटमा संलग्न सैनिकको नाम अझैसम्म सेनाले सार्वजनिक नगर्नु निन्दनीय भएको समाजले जनाएको छ ।

छाक टार्ने समस्याले तरकारीको जोहो गर्न पुगेका चेपाङ समुदायका युवाहरुलाई चरम यातना दिएर हत्या गर्ने कार्य घोर अमानवीय र ढुङ्गे युग जस्तै भएको शान्ति समाजको ठहर छ ।

शनिबार चितवन पुगेको मानव अधिकार तथा शान्ति समाजको टोलीले मृतकका बुबा आमा, श्रीमती तथा अन्य सरोकारवाला पक्षसँग घटनाबारे सोधपुछ गरेको सामाजका वरिष्ठ केन्द्रीय उपाध्यक्ष गोविन्द खनालले बताए । ‘सैनिक जवानहरुले राजकुमारलाई बर्बर यातना दिएर कुटपिट गर्दा उनको हत्या भएको देखियो,’ खनालले भने, ‘घटनाको विस्तृत प्रतिवेदन केही दिनमा सार्वजनिक गर्छौं ।’

नागरिकको रक्षाको लागि खटिएको सेनाले नागरिकमाथि दिने यस्ता बर्बर यातनाका घटनाले सेना अझै जनताप्रति उत्तरदायी हुन नसकेको शान्ति समाजले ठहर गरेको वरिष्ठ उपसभापति खनालले बताए ।

गत साउन १ गते राप्ती नदीमा माछा मार्न गएका राजकुमारसहित पाँच जनालाई निकुञ्जको सुरक्षार्थ खटिएका सैनिक जवानले कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएका राजकुमारको अवस्था जटिल बन्दै गएपछि साउन ७ गते थप उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो । राजकुमारको उपचारकै क्रममा सोही राति मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?