Comments Add Comment

नवीकरण शुल्कमा छुट घोषणा गर्न पत्रकार महासंघलाई फोनिजको आग्रह

२५ साउन, काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजले नेपाल पत्रकार महासंघको सदस्यता नवीकरणबापत पत्रकारले तिर्नुपर्ने रकममा छुट घोषणा गर्न आग्रह गरेको छ ।

कोरोना  भाइरसको असरका कारण पत्रकारहरु जागिरबाट निष्काशनमा पर्ने, तलब कटौती हुने, समयमा तलब नपाउने जस्ता समस्या भोग्नुपरिरहेकाले यो समयमा पत्रकारले एकमुस्‍ट रकम तिरेर सदस्यता नवीकरण गर्न अप्ठेरो भएको फोनिजले बताएको छ ।

फोनिजले कोरोना महामारीको असरलाई दृष्टिगत गरी २०७७ सालको नवीकरण अनिवार्य नगर्ने पत्रकार महासंघको निर्णयको स्वागत गरेको छ ।

महासंघले सदस्यता नवीकरणका लागि साउन मशान्तसम्मको समय तोकेको छ । तर फोनिजले दर्जन बढी जिल्लामा निषेधाज्ञा जारी रहेको र अझै केही दिन लम्बिन सक्ने भएको भन्दै महासंघको महाधिवेशन मिति नतोकिएको र राष्ट्रिय भेला हुन गइरहेको अवस्थामा उक्त भेलाबाट अनुमोदन हुने गरी सदस्यता नवीकरण र वितरणको समय अवधि बढाउन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment