Comments Add Comment

सार्क मुलुकमा उडान तत्काल नखुल्ने, क्वारेन्टिन अनिवार्य

२५ साउन, काठमाडौं । अन्तर्राष्ट्रिय तथा अन्तरिक हवाई उडान १ भदौबाट सुरु गर्ने सरकारको पुरानै निर्णय हो । तर कुनकुन मुलकबाट आउन दिने ? प्रोटेकल के हुने भन्ने टुंगो लागेको छैन ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भने पहिलो चरणमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मुलुक बाहेकका देशमा मात्र उडान गर्ने गरी प्रस्ताव गरेको छ । पछिल्लो समय भारतमा कोरोना संक्रमण बढेको छ भने अरु देशमा पनि संक्रमण नियन्त्रणमा आइसकेको छैन ।

मन्त्रालय स्रोतका अनुसार दैनिक करीव १ दर्जनसम्म अन्तराष्ट्रिय उडान गर्ने गरी तयारी इइरहेको छ । यसबारे आइतबार बस्ने कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) निर्देशक समितिमा छलफल हुनेछ । ‘सीसीएमसीले हाम्रो प्रस्तावमा सहमति जनायो भने मन्त्रिपरिषद्बाट अुनमोदन हुन्छ’ स्रोतले भन्यो, ‘अहिले जोखिम हुन्छ, नगरौं भन्यो भने उडान हुन्न ।’

पर्यटक र एनआरएनलाई ७ दिन अनिवार्य होटेल क्वारेन्टिन

मन्त्रालयले उडान सुरु गर्ने अवस्थामा के कस्ता मापदण्ड अपनाउने भन्ने गृहकार्य पनि गरेको छ ।

स्रोतका अनुसार नेपाल उडान गर्नुभन्दा ७२ घण्टा अगाडि पीसीआर टेष्ट गरेर नेगेटिभ रिपोर्ट आएको हुनुपर्छ । त्यसपछि नेपाली नागरिकको हकमा १४ दिन होम वा होटल क्वारेन्टिनमा बस्नुपर्छ । र, पीसीआर टेष्ट गर्दा नेगेटिभ आएपछि मात्र समुदायमा घुलमिल हुन पाइन्छ ।

गैरआवासीय नेपाली र विदेशी पर्यटकको हकमा ७ दिनको होटल क्वारेन्टिन बुक गरेको हुनुपर्छ । त्यसपछि पीसीआर टेष्ट गर्दा नेगेटिभ आएपछि पनि ७ दिन होम क्वारेन्टिनमा बस्नुपर्छ ।

यस्तो परीक्षण सःशुल्क हुनेछ । नेपाल आउनेहरुलाई अनअराइभल भिसा भने नदिने यसहघि नै सहमति जुटेको छ । अब भिसा लिन सम्बन्धित मुलुकस्थित नेपाली दूतावास मै पुग्नु पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment