Comments Add Comment

बाँकेमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु

२५ साउन, बुटवल । बाँकेमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गका अनुसार नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा कोहलपुर नगरपालिका-२ घर भएकी ७० वर्षीया एक महिलाको कोरोना संक्रमणबाट आइतबार दिउँसो मृत्यु भएको हो ।

निमोनियाका कारण शुक्रबार उनी अस्पतालमा भर्ना भएकी थिइन् । अस्पतालका उप-निर्देशक डा. दिनेश श्रेष्ठका अनुसार आइतबार दिउँसो करिब ३:१० बजेको समयमा उनको मृत्यु भएको हो । श्रेष्ठका अनुसार अस्पतालमा भर्ना हुँदा नै उनीमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका कारण शुक्रबार नै उनको स्वाब संकलन गरी परीक्षणका लागि भेरी अस्पतालमा पठाइएको थियो ।

श्रेष्ठले भने, ‘निमोनियाका कारण अस्पतालको आइसोलेसनमा उपचाररत उनको रिपोर्ट मृत्यु भएको २ घण्टापछि आइतबार साँझ ५ बजेमात्रै आएको थियो । शुक्रबार परीक्षणका लागि नमुना पठाइए पनि उनको उपचारमा हामीले कुनै कसर बाँकी राखेका थिएनौं । तर पनि उहाँलाई हामीले बचाउन सकेनौं ।’

योसहित बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । यसअघि बैजनाथ गाउँपालिकाकी एक महिला र नरैनापुर गाउँपालिकाका एक पुरुषको कोराना संक्रमणबाट मृत्यु भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment