+
+
Shares

विप्लव समूहका जुम्ला सेक्रेटरीसहित ३ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २६ गते १२:४४

२६ साउन, सुर्खेत । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका जुम्ला जिल्ला सेक्रेटरीसहित तीनजना पक्राउ परेका छन् । प्रहरीले जिल्ला सेक्रेटरी राजबहादुर भाम -उदय) सहित तीनजनालाई पक्राउ गरेको हो ।

तिलागुफा गाउँपालिका-७ घोडेगाउँबाट चन्दा असुल्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा मुगुको सोरु गाउँपालिका-६, का जुम्ला सेक्रेटरी भामसहित जुम्लाको हिमा गाउँपालिका-७ धाचु नन्द तिरुवा र सोही ठाउँका सपना बुढा रहेका छन् ।

उनीहरुका साथबाट चन्दा असुलीको ठेली एक थान, सदस्यता फारम ठेली एक थान, केही किताबहरु, ठेकदा र स्थानीय तहका जनप्रतिनिधिको नामावलीसमेत बरामद गरिएको एसएसपी बास्तोलाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?