Comments Add Comment

मास्क लगाउन नजान्दा (फोटो फिचर)

‘कोरोना भाइरसबाट बच्न अनिवार्य मास्क प्रयोग गरौं’ । मोबाइलको रिङटोनदेखि टेलिभिजन, सामाजिक सञ्जाल, पोस्टर जताततै यस्तो सूचना सुन्न, हेर्न सकिन्छ । कोरोना भाइरस अनियन्त्रित रुपमा फैलिरहँदा हामीले आफ्नै सुरक्षाका खातिर मास्क लगाउनुपरेको हो । न यो अरुको निम्ति बाध्यकारी नियम हो, न आफ्नो रहरको फेसन ।

अति सुक्ष्म भाइरसहरु हाम्रो शरीरभित्र प्रवेश नगरोस् भनेर मास्क लगाइएको हो वा लगाउनुपरेको हो । तर शहरका भिडमा हेर्दा लाग्छ, मास्क नलगाउनु ठूलो बहादुरी हो ।

मास्क किन लगाउने, कसरी लगाउने, कसले लगाउने, कहाँ लगाउने ? यो ज्ञान बालबच्चादेखि दूरदराजका मान्छेलाई पनि छ । तर, शहरियाहरुलाई यति सामान्य ज्ञान वा हेक्का पनि नभएको देखिन्छ । अरु उदेगलाग्दो त के भने, हेर्दा पढेलेखेका जस्ता देखिनेहरु नै मास्कको प्रयोग नगरी भिडमा बेपर्वाह मिसिएका छन् । मास्क लगाएपनि सही ढंगले लगाएका छैनन् । मुख र नाक खुला राखेर चिउडोमा तानेका छन् ।

यो पनि पढ्नुहोस लापरवाहीको ओखती हुन्न

नेपालीमा एउटा भनाई छ, ‘कसले कुट्यो मंगले आफ्नै ढंगले ।’ अति सामान्य कुरा अपनाउने ढंग नहुँदा त्यसले अन्ततः हामी आफैलाई हानी गर्ने हो । मास्कको सन्दर्भमा पनि यस्तै देखिन्छ ।

सामान्य ज्ञान हो, मास्क लगाउनुपर्छ । मास्क कस्तो लगाउने, कसरी लगाउने भन्ने कुरा पनि गहिरो र जटिल कुरा होइन । तर, यति सामान्य कुरामा पनि हाम्रो ढंग पुगिरहेको छैन । सकेसम्म मास्क नै लगाउँदैनौं । लगाएपनि सही ढंगले लगाउँदैनौं । स्तरिय र सुरक्षित मास्क लगाउनुपर्छ भन्ने हेक्का छैन । कति दुःखलाग्दो कुरा !

 

 

 

 

 

 

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment