
२७ साउन, काठमाडौं । आज श्रीकृष्ण जन्माष्टमी । द्वापरयुगमा कंसको अत्याचार बढेपछि त्यसबाट मानवजातिको उद्धार गर्न वासुदेव र देवकीको आठौँ सन्तानका रूपमा आजकै दिन श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिएका श्रीकृष्णको जन्म दिनको सम्झनामा आज उनको पूजाआराधना गरी जन्माष्टमी पर्व मनाउने गरिन्छ ।
सोही अवसरमा ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा आज भक्तहरुले पूजाआराधाना गरेका छन् । कोरोना भाइरसका कारण बन्द गरिएपछि भक्तहरुको मन्दिर बाहिरै भिड लागेको छ ।
मन्दिरको भित्रको क्षेत्र भने सुनसान छ । केही सुरक्षाकर्मी खटिएका छन् । भक्तजनहरुलाई प्रवेश दिइएको छैन । मन्दिर बन्द भए पनि पूजाआरधाना गर्न आउनेहरुका लागि बाहिरै प्रसाद वितरण गर्ने व्यवस्था मिलाइएको छ ।
तस्वीरहरु : विकास श्रेष्ठ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4