Comments Add Comment

आर्यनको तयारी

नायक आर्यन सिग्देललाई हिट चलचित्रको आवश्यकता छ । बक्स अफिसमा चलचित्र हिट नभएसम्म कलाकारलाई अगाडि बढ्न समस्या पर्छ । यसैले पनि हुनसक्छ, आर्यन हिट चलचित्रका लागि यतिबेला तयारी गरिरहेका छन् ।

गतबर्ष २ चलचित्र असफल भएपछि आर्यन गम्भिर पनि बनेका छन् । कुनै समय आर्यन भएपछि चलचित्र हिट हुन्थे । तर, अहिले अवस्था फेरिएको छ । यसैले पनि हुनसक्छ, आर्यन यसपटक केही गम्भिर देखिएका छन् ।

आर्यन निर्देशक विशाल सापकोटाको नयाँ चलचित्रमा काम गर्ने तयारीमा छन् । यो चलचित्रका लागि आर्यन स्क्रिप्टमा व्यस्त छन् । उनले, चलचित्रमा काम गर्न लागेको जानकारी सामाजिक संजालमा तस्वीर सार्वजनिक गरेर दिएका छन् ।

पोखरामा केही समयदेखि रहेका आर्यन स्क्रिप्टमा होमवर्क गरिरहेको देख्न सकिन्छ । एकातिर हिट चलचित्रको दबाब, अर्कोतिर पुरानो स्टारडम फर्काउनु पर्ने आवश्यकता, आर्यनका लागि अबको शक्तिशाली हतियार स्क्रिप्ट नै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment