Comments Add Comment

कराँते खेलाडीको प्रशिक्षण स्थगित

२७ साउन, काठमाडौं । जापानमा अर्को वर्ष आयोजना हुने टोकियो ओलम्पिकको तयारी गरिरहेका नेपाली कराँते खेलाडीको प्रशिक्षण स्थगित गरिएको छ ।

कोरोना भाइरसको संक्रमण झन् बढ्दै गएपछि मंगलबारदेखि खेलाडीको प्रशिक्षण स्थगित भएको हो । १३औं सागका स्वर्ण पदक विजेता अनु अधिकारी र नवीन रसाइँलीले ओलम्पिकका लागि तयारी गरिरहेका थिए । उनीहरुलाई प्रशिक्षण दिएका दीपक श्रेष्ठले मंगलवारदेखि प्रशिक्षण स्थगित भएको जानकारी दिए ।

कोरोना भाइरसको महामारी बढ्दै गएपछि मंगलबारबाट कराँते खेलाडीहरुको प्रशिक्षण रोकिएको हो ।

कराँतेका प्रशिक्षक दीपक श्रेष्ठले एक विज्ञप्ति निकाल्दै एक साताको लागि प्रशिक्षण बन्द गरिएको जनाएका छन् ।

श्रेष्ठले पछिल्लो समय काठमाडौंमा कोरोना संक्रमण बढिहेको र खेल क्षेत्रमा पनि कोरोना देखिएको भन्दै सबै नागरिक सचेत रहनु पर्ने भएकोले नेपाल सरकारको निर्देशन पालना गर्दै प्रशिक्षण बन्द गरेको बताए ।

‘केही दिन अगाडिमात्रै खेल क्षेत्रका व्यक्तिलाई पनि संक्रमण भएको खबर आएको हुँदा केही समय हामी खेलक्षेत्र मात्र नभइ सबै नागरिक सचेत रहनुपर्ने अवस्थाले गर्दा र नेपाल सरकारको निर्देशनलाई पालना गर्दै सातदोबाटो कराँते एकेडेमीमा प्रशिक्षणरत टोकियो ओलम्पिकमा रहेका कराँते खेलाडीहरुको प्रशिक्षण केही दिनका लागि बन्द गरिएको जानकारी गराउदछु,’ श्रेष्ठले विज्ञप्तिमा भनेका छन् ।

नेपाल सरकारले २०७६ चैत ११ गतेदेखि लकडाउन घोषणा गर्नुअघि नै दुई खेलाडीले ओलम्पिक लषित प्रशिक्षण सुरु गरेका थिए । तर लकडाउनले गर्दा प्रशिक्षण रोकिएको थियो । त्यसपछि सम्बन्धित निकायलाई जानकारी गराउँदै मौखित स्वीकृति लिएर प्रशिक्षक श्रेष्ठले असार ७ गतेदेखि फेरि खेलाडीलाई प्रशिक्षण दिन सुरु गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment