Comments Add Comment

के फिल्म क्षेत्रको ‘गेम चेन्जर’ बने त सलोन ?

बाल्यकालदेखि नै चलचित्रमा रमाएका नायक सलोन बस्नेतको व्यस्तता अहिले पनि कम भएको छैन । तर, उनले नायकको रुपमा आफूलाई स्थापित गर्न भने संघर्ष नै गरिरहनु परेको छ । सलोनलाई चलचित्रको पर्दामा देख्दा दर्शक उत्साहित हुन्छन् । उनले गर्ने कमेडीलाई दर्शकले निकै रुचाएका छन् । यसैले पनि अनमोल केसी, सलिनमान बनियाँ जस्ता नायक भएको चलचित्रमा पनि सलोनको आवश्यकता पर्छ ।

नायक सलोन बस्नेत, यो विश्व खेलाडीहरुले भरिएको भन्दै खेल नै परिवर्तन गर्ने खेलाडी बन्न आवश्यक रहेको बताउँछन् । तर, यसो भनिरहँदा के चलचित्र क्षेत्रमा आएर खेलाडीहरुको विचमा सलोन गेम गेम चेन्जर बने त ? सलोनले काम गरेका अधिकांश चलचित्रहरु व्यवसायिक छन् । चलचित्रको पर्दामा उनलाई मसलाको रुपमा प्रयोग गरिएको छ । चलचित्रको कथा र व्यापारिक आँकडा नै परिवर्तन गर्न उनी अझै सफल भएका छैनन् ।

यसैले, अहिलेसम्म उनी खेलाडी नै खेलाडी भएको चलचित्र क्षेत्रमा अर्को एक खेलाडीको रुपमा थपिएका मात्र छन्, खेल नै परिवर्तन गर्न सकेका भने छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment