Comments Add Comment

सर्पले एकसाथ जन्मायो ३३ वटा बच्चा

कतिपय सर्पका प्रजातिले अण्डा पार्दछन् भने केहीले बच्चा नै जन्माउँदछन् । बच्चा जन्माउने प्रजातिमा पर्दछ रसेल्स भाइपर भन्ने सर्प । उक्त प्रजातिको एक सर्पले हालै एकसाथ ३३ वटा बच्चा जन्माएको छ ।

भारतको तमिलनाडुस्थित कोइम्बातोर चिडियाखानामा रहेको एक रसेल्स भाइपर सर्पले एकसाथ ३३ बच्चा जन्माएको हो । तर यो प्रजातिको सर्पले यतिधेरै बच्चा जन्माउनु नौलो भने होइन । सोही चिडियाखानामा केही वर्षअघि सोही प्रजातिको एक अर्को सर्पले ६० वटा बच्चा जन्माएको थियो ।

चिडियाखानामा अहिले एकसाथ जन्मिएका ३३ वटा बच्चा सर्प स्वस्थ रहेको चिडियाखानाका अधिकारीले जनाएका छन् ।

उनका अनुसार ती सर्पहरु वन विभागलाई बुझाइनेछ । वन विभागले ती सर्पहरुलाई प्राकृतिक जंगलमा छाड्नेछ । जंगलमा छाडिएपछि तीमध्ये केही मर्नेछन् भने केहीमात्र बाँच्नेछन् ।

स्मरण रहोस् सोही क्षेत्रमा गत जुन महिनामा स्थानीय एक जना व्यक्तिको घरमा छिरेको सर्पलाई सपेरोले समाएर जंगलमा छाड्ने क्रममा त्यसले ३५ वटा बच्चा जन्माएको थियो ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment