+
+
Shares

जन्माष्टमीमा राष्ट्रपति कृष्ण मन्दिर नजाने

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २७ गते १७:१८
फाइल तस्वीर

२७ साउन, काठमाडौं । श्रीकृष्ण जन्माष्टमीको अवसरमा पाटनस्थित कृष्ण मन्दिरमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी सरिक नहुने भएकी छन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालले मंगलबार एक सूचना जारी गर्दै कोरोना भाइरस (कोभिड १९) संक्रमणको महामारीका कारण यो पटकको श्रीकृष्ण जन्माष्टमीको अवसरमा पाटनस्थित कृष्ण मन्दिरको दर्शनमा राष्ट्रपति भण्डारी सरिक नहुने जानकारी गराएका हुन् ।

श्रीकृष्ण जन्माष्टमीको अवसरमा कृष्ण मन्दिरको दर्शनका लागि राष्ट्रपति सरिक हुने परम्परा रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?