+
+
Shares

भारतबाट श्रम गर्न नेपाल आउन नपाइने

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २७ गते १७:२१

२७ साउन, काठमाडौं । सरकारले भारतबाट श्रम गर्न नेपाल प्रवेश गर्न रोक लगाएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

कोरोना जोखिमकै बेलामा सीमा क्षेत्रमा मानवीय आवाजावत बढ्दा संक्रमण फैलिएकाले यस्तो निर्णय गरिएको प्रवक्ता खतिवडाले प्रष्ट्याए ।

भारतसँग सीमा जोडिएको जिल्लामा बढ्दो आवाजावतले जोखिम बढेको सरकारको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?