+
+
Shares

काठमाडौं उपत्यकामा मालपोतको सेवा भदौ १५ सम्म स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २७ गते १९:०६
कलंकी मालपोत कार्यालय ।

२७ साउन,काठमाडौं । घरजग्गा कारोबारका कारण भिडभाड हुने काठमाडौं उपत्यकाका नापी र मालपोत कार्यालयका सेवाहरु बुधबारदेखि भदौ १५ सम्म स्थगित गरिएका छन् ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागले सबै मालपोत कार्यालयहरुलाई मंगलबार परिपत्र गर्दै सेवाग्राहीको बढी भिडभाड भई कोभिड १९ को संक्रमण जोखिम बढेकाले उपत्यकाका सबै मालपोत तथा भूसिुधार कार्यालयहरुको सेवा भदौ १५ सम्मलाई स्थगन भएको जनाएको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका प्रमुख महानिर्देशक शेषनारायण पौडेलले अत्यावश्यक र आकस्मिकबाहेकका सेवा प्रवाह स्थगित हुने जनाएका छन् । भूमि व्यवस्थामन्त्री पद्‍मा अर्यालको मन्त्रीस्तरीय निर्णय अनुसार विभागले पत्राचार गरेको हो ।

उक्त अवधिमा कार्यालयको आन्तरिक प्रशासनिक कार्यहरु पनि सुचारु हुने र उपत्यका बाहिरका कार्यालयहरुको सेवा प्रवाह प्रप्देश सरकार तथा स्थानीय प्रशासनको समन्वयमा सञ्चालन हुने विभागले जनाएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?