Comments Add Comment

आइतबार बंगलादेशसँग भर्चुअल वाणिज्य व्यापार वार्ता हुँदै

२७, साउन, काठमाडौं । नेपालले  पहिलो पटक आगामी आइतबार भर्चुअल वाणिज्य वार्ता गर्दैछ । नेपाल र बंगलबदेशबीच हुने जुम वाणिज्य वार्ताको नेतृत्व वाणिज्य तथा आपूर्ति सचिव डा. बैकुण्ठ अर्यालले गर्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

दुई देशबीचको व्यापार सहजीकरणमा केन्द्रित हुने वार्ताका लागि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सचिव अर्यालको नेतृत्वमा ११ सदस्यीय वार्ता टोली स्वीकृत गरेको थियो ।

यसअघिनै तय भएको बैठक कोभिडका कारण जुममार्फत गर्नु परेको मन्त्रालयका द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखा प्रमुख सहसचिव नवराज ढकालले जानकारी दिए ।

कोभिडका कारण दुई मुलुकबीचको वाणिज्य बार्ता पहिलो पटक भर्चुअल माध्यममा हुन लागेको उनको भनाइ छ । बैठकमा द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखा प्रमुख सहसचिव ढकालसहित परराष्ट्र, कृषि, भन्सार लगायतका विभिन्न निकाका अधिकारी सहभागी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment