Comments Add Comment

संक्रमित प्रहरीको सम्पर्कमा रहेका ६ जनामा संक्रमण पुष्टि

२७ साउन, पोखरा । कास्कीका ११ जनासहित गण्डकीमा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा कास्की र स्याङ्जामा नयाँ संक्रमित पुष्टि भएका हुन् । कोरोना संक्रमण पुष्टि हुनेमा स्याङ्जाका ६ जना छन् ।

कास्कीका ९ जना यसअघि संक्रमित व्यक्तिको सम्पर्कमा पुगेका व्यक्ति हुन् भने २ जना बाह्य सम्पर्क पुष्टि नभएको पोखरा महानगरले जनाएको छ । संक्रमितको सम्पर्कमा पुगेर संक्रमण पुष्टि हुनेमा पोखरा महानगरपालिका वडा नं ९ का ५ जना र वडा नं १९ का ४ जना छन् ।

पोखरा–१९ का संक्रमित मृत्यु भएका ६२ वर्षीय संक्रमित पुरुषको सम्पर्कमा पुगेका व्यक्ति रहेका महानगरका स्वास्थ्य महाशाखा अधिकृत हरिलाल आचार्यले जानकारी दिए ।
हाल पोखरा महानगरको वडा नं १९ साउन ३० गतेसम्मका लागि सिल गरिएको छ । यसअघि ती संक्रमितको सम्पर्कमा आउने ६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

प्रहरीबाट ६ जनालाई सर्‍यो

साउन २१ मा कोरोना संक्रमण पुष्टि भएका पोखराको नदीपुरका एक सुरक्षाकर्मीको सम्पर्कमा आएका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा महानगर स्वास्थ्य महाशाखाका अनुसार ती सुरक्षकर्मीको सम्पर्कमा आएकाहरु भने सुरक्षाकर्मी होइनन् ।

‘उनीहरु पब्लिक नै हुन् । आफन्त पनि छन्,’ पोखरा महानगर स्वास्थ्य महाशाखा अधिकृत आचार्यले भने ।

स्रोत नखुलेको २ जना

पोखरामा मंगलबार कोरोना पुष्टि हुने २ जनाको संक्रमण स्रोत नखुलेको स्वास्थ्य महाशाखाले जनाएको छ । उनीहरुमध्ये एक जना वडा नम्बर १६ र अर्का वडा नम्बर ६ का हुन् ।
गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १६ सय ४८ पुगेको छ । जसमध्ये १४ सय ९३ जना निको भई घर फर्किसकेका छन् । गण्डकीमा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment